फेरि बर्षा र हिमपात हुने, कस्तो रहला आगामी तीन दिन ?

फेरि बर्षा र हिमपात हुने, कस्तो रहला आगामी तीन दिन ?

काठमाडौं, ८ फागुन ।

नेपाल फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ । जसका कारण केहि दिनदेखि सामान्य देखिएको मौसममा बदली आएको छ ।

बुधबार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

‘यो प्रणाली बुधबार राति नै नेपाल प्रवेश गरेको हो,’ पूर्वानुमान महाशाखाकी मौसविद् शान्ति कँडेलले भनिन्, ‘जसको प्रभावले रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रको पहाडी भेगका एक–दुई स्थानमा वर्षा तथा हिमाली भेगका एक–दुई स्थानमा हिमपात शुरु भइसकेको छ ।’

यस्तै आज (बिहीबार) पनि देशभर बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनमे सम्भावना रहेको जनाइएको छ । यो भोलि (शुक्रबार) देखि अझ सशक्त हुने जनाइएको छ । कँडेलले भनिन्, ‘पश्चिमी पहाडका धेरै स्थान र मध्य तथा पूर्वी पहाडका थोरै स्थानमा वर्षा हुने देखिएको छ ।’

महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन सचेत गराएको छ ।
कस्तो रहला आगामी तीन दिन रु
फागुन ८ गते बिहीबार
दिउँसो –देशभर आंशिकदेखि सामान्यसम्म बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।
राति – देशभर सामान्य बदली रही पश्चिमका केही भू–भागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना देखिन्छ ।
फागुन ९ गते शुक्रबार
दिउँसो –देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

राति –देशभर आंशिकदेखि सामान्यसम्म सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।
फागुन १० गते शनिबार
दिउँसो –देशभर आंशिकदेखि देखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थान र पश्चिमी पहाड का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।
राति–पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ । – नयाँ पेजबाट साभार