साझाले माग्यो सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

साझाले माग्यो सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

काठमाडौं, ८ फागुन ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे निश्पक्ष छानबिन गर्न साझा पार्टीले माग गरेको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दे मन्त्री बाँस्कोटालाई बर्खास्त गरी छानबिन गर्न माग गरेका हुन् ।

प्रवक्ता आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ( ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बाँस्कोटालाई तुरुन्तै बर्खास्त गरेर निश्पक्ष छानविन गर्न प्रधानमन्त्रसँग जोडदार माग गर्दछ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्री बाँस्कोटाले बिचौलियासँग कमसिनको कुरा गरेको अडियो बिहीबार सार्वजनिक भएको छ ।