
नयाँ दिल्ली,७ चैत्र ।
भारतमा निर्भया बलात्कार र हत्या प्रकरणमा चारजना दोषीहरुलाई मृत्युदण्ड दिइएको छ। दोषीहरुलाई शुक्रबार बिहान तिहाड जेलमा झुण्ड्याएर मृत्युदण्ड दिइएको आजतकले जनाएको छ।
बिहान ५ स् ३० बजे दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहलाई मृत्युदण्ड दिइएको हो।
निर्भयाको सन् २०१२ मा दिल्लीको बसमा सामूहिक बलात्कार गरेर त्यसपछि हत्या गरिएको थियो। १६ डिसेम्बर २०१२ मा दिल्लीमा उनीमाथि सामूहिक बलात्कार भएको थियो।