कतारबाट थप १५० नेपाली डिपोर्ट,स्वास्थ्य परीक्षणविनै नेपाल अवतरण

काठमाडौँ, ७ चैत ।

कतार सरकारले भीडभाडमा नजान भनिएको निर्देशन अवज्ञा गरेको भन्दै थप १५० जना नेपाली कामदारलाई डिपोर्ट गरी नेपाल पठाइएको छ ।

कतार एयरवेजको उडान नम्बर ६४४ बाट उनीहरुलाई नेपाल पठाएको हो । यसअघि २५० जनालाई डिपोर्ट गरिएको थियो ।

विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।

डिपोर्ट भएका नेपालीहरु सनैया क्षेत्रबाट पक्राउ परेका थिए । पक्राउ परेका नेपालीहरुले भने आफुहरुलाई क्याम्प नजिकैबाट पक्राउ गरी जेल लगेको बताएका छन् ।

उनीहरूलाइ कोरोना भाइरस संक्रमण भएरनभएको कुनै जाँच नगरी नेपाल पठाइएको थियो । नेपाल अवतरण गरेका उनीहरु कसैको पनि स्वास्थ्य परीक्षणको रिपोर्ट समेत नमागिएको नेपाली कामदारले गुनासो समेत गरेका छन् ।