मापसे चेकिङ बन्द, शंका लागे सिधै अस्पताल पुर्‍याइने

मापसे चेकिङ बन्द, शंका लागे सिधै अस्पताल पुर्‍याइने

काठमाडौं,७ चैत्र ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भन्दै ट्राफिक प्रहरीले सडकमा गर्ने गरेको मादक पदार्थ सेवन ९मापसे० चेकिङ बन्द गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीम ढकालले सडकमा गरिने मापसे चेकिङ बन्द भएको बताए ।

तर, शंका लागेको अवस्थामा सवारी चालकलाई अस्पतालमा लगेर मदिरा सेवन गरे नगरेको परीक्षण गरिने एसएसपी ढकालको भनाइ छ । अस्पतालमा मापसे चेकिङ गर्दा लागेको खर्च सवारी चालक आफैंले व्यहोर्नु पर्ने छ ।

यसअघि ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर हिरासतमा समेत राख्ने थर्थ्यो । तर, अब भने अस्पतालमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाएर छाडिने छ ।

‘सडकमा नियमित रुपमा ट्राफिक प्रहरीको पेट्रोलिङ भइरहन्छ । कुनै चालकले मापसे गरेर सवारी चलाएको शंका लागेमा अब सडकमै नभएर अस्पताल लगेर परीक्षण गरिन्छ,’ एसएसपी ढकालले भने, ‘यसरी परीक्षण गर्दा लागेको खर्च सवारी चालकबाटै लिइने छ । मापसे गरेको पाइएमा जरिवाना पनि तिराइने छ ।’

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने तथा मापसे गरेर सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा पनि तत्कालका लागि स्थगित गरेको छ ।