कोरोना भाइरसबाट १० हजारभन्दा बढीको मृत्यु,साढे दुई लाख संक्रमित

कोरोना भाइरसबाट १० हजारभन्दा बढीको मृत्यु,साढे दुई लाख संक्रमित

काठमाडौं,७ चैत्र ।

नोभेल कोरोना भाइरसका कारण विश्‍वभर मृत्यु हुनेको संख्या कम्तीमा १० हजार पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर दुई लाख ४४ हजार ५०० संक्रमित भएको बताइएको छ ।

चीनको वुहानबाट सन् २०१९ मा सुरु भएको नोभेल कोरोना भाइरस हाल विश्वभरका करिब १८० मुलुकमा फैलिसकेको छ ।

हाल विश्वभरमा इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा तीन हजार ४०५ जनाको मृत्यु भइसकेको इटालियन नागरिक सुरक्षा नियोगले जनाएको छ । यो संख्या चीनमा भन्दा १५६ जना बढी हो ।

चीनमा हालसम्म तीन हजार २४९ को मृत्यु भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा रहेका चार करोड मानिसहरुलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ ।

त्यसैगरी दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा लकडाउन गरिएको छ । बीबीसी