चितवनमा ७२ घण्टामा कोरोना अस्पतालको स्थापना गरि सेवा सुरु

चितवनमा ७२ घण्टामा कोरोना अस्पतालको स्थापना गरि सेवा सुरु

चितवन ,७ चैत ।

विश्वभर फैलिरहेको (कोभिड १९) कोरोना भाइरसको संक्रमण भए त्यसको व्यवस्थापन र उपचार गर्न चितवनमा अस्थायी रुपमा छुट्टै अस्पताल निर्माण गरिएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ७० बेडको कोरोना विशेष अस्थायी अस्पतालको सेवा सुरु गरिएको छ । अस्पतालमा तत्कालको लागि ५० शैया सहितको जनरल वार्ड सेवा आजबाट सुरु भएको र ४२ घण्टाभित्र १० शैयाको सघन उपचार कक्ष (आइसियू) र १० शैयाको हाइ डिपेन्डेन्ट युनिट (एचडियू) सेवा समेत सुरु गरिने अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।

७२ घण्टामा निर्माण गरिएको अस्पतालमा कोरोनाको अति शंकास्पद विरामी मात्रै राखिने डा अधिकारी बताए । अस्पताल आउनुपुर्व चार चरणको स्क्रिनिङ्ग गरेपश्चात् मात्रै विरामी अस्पतालको उपचार कक्षमा प्रवेश हुने व्यवस्था गरिएको छ । कोरोनाको लक्षण देखिएमा वा शंका लागेमा चिकित्सकलाई फोन गरेरे परामर्श लिने व्यवस्था गरिएको जसकोे लागि १० जना बिशेषज्ञ चिकित्सकको मोबाइल नम्बर प्रदान गरिएको छ । चिकित्सकको सल्लाह बमोजिम आवश्यक देखिए कुनै अस्पतालमा गएर परिक्षण गराउने , त्यसपश्चात् पनि अस्पतालले कोरोना अस्पताल पठाए अस्पतालको गेटमा समेत परिक्षण र अस्पताल भित्र छिर्नसाथ पुन परिक्षण गरिने त्यसमा समेत शंकास्पद लागे मात्रै विरामीको नमुना लिएर परिक्षणको लागि काठमाण्डौ पठाइने डा अधिकारीले बताए ।

विरामीको अवस्था हेरेर सेल्फ क्वारेनटाइनमा बस्न सक्ने देखिए घर पठाइने र नसक्ने देखिए अस्पतालमा भर्ना गरेर राखिने जनाइएको छ । विरामी र विरामीको उपचारमा संलग्न चिकित्सकहरुको सुरक्षाको लागि ४ सय थान पिपिइको व्यवस्था गरिएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल , प्रदेश साँसद घनश्याम भुसाल , भरतपुर महानगरपालिकाकी मेयर रेनु दहाल लगायको उपस्थितीमा अस्पतालको सेवा सुभारम्भ भएको घोषणाँ गरिएको थियो । सोहि अवसरमा ामाजिक विकास मन्त्री युवराज दुलाले १० थान पिपिइ र ५० थान मास्क अस्पताललाई हस्तान्तरण गरेका थिए ।