नेपाल वायुसेवा करारका पाइलट र एयरहोस्टेसलाई बिदा दिने

नेपाल वायुसेवा करारका पाइलट र एयरहोस्टेसलाई बिदा दिने

काठमाडौं,७ चैत्र ।

नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिएको छ। करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिइएको निगमले जनाएको छ।
निगमले करार सेवामा रहेका १५० एयर होस्टेस, १० विदेशी पाइलट र ५ नेपाली पाइलटलाई बेतलबी बिदा दिएको हो। निगमले दिएको जानकारीअनुसार केहीलाई १० दिनको, केहीलाई २ साताको र केहीलाई अर्को सूचना जारी नभएसम्मका लागि बिदा दिइएको हो।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन कार्यमा संलग्न करारका कर्मचारीलाई पनि निगमले बिदा दिएको छ। विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले लिएको छ।

निगमले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत ९ गतेदेखि लागू हुने गरी स्थगित गरेको छ।

निगमले चैत ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा पुरै रकम उपलब्ध गराइने पनि जनाएको छ।