प्रधानमन्त्रीलाई चितवनका रिमालको अनुरोध
सम्माननीय प्रधानमन्त्रीज्यू,
अभिवादन !
आज साँझ तपाईले देशवासीलाई संवोधन गर्दै हुनुहुन्छ भन्ने कुरा तपाईं निकट भनिएका मान्छेहरूको फेसबुक वालबाट जानकारी पाएँ । प्रधानमन्त्रीको संवोधनको बारेमा, सरकारको निर्णयको बारेमा पहिलो जानकारी सरकारको स्वामित्वमा रहेका राष्ट्रिय सुचना संयन्त्रलाई हुनुपर्ने होइन र रु यहाँ त सरकारको स्वामित्वमा नरहेका निजी बिग मिडियाले सार्वजनिक गरेका पुराना सूचना लिएर नेपाल टलिभिजन र रेडियोहरू ताजा खवर भनेर सुसाउने गर्छन् । के यसो हुनु राम्रो हो रु ध्यान जाओस् ।
अर्को कुरा तपाईको स्वास्थ्य कमजोर छ ध्यान जाओस् । संसार नै कोरोना भाइरसबाट आक्रान्त भएको यो बेला जन स्वास्थ्यको विषयलाई विशेष महत्वमा राखिएको छ थप जोड पुगोस् ।
चितवनमा आजबाट कोरोना अस्पताल सञ्चालनका लागि तयार भएको छ । यो अस्पतालमा काम गर्ने चिकित्सक, नर्स, अन्य प्राविधिक, सफाइ मजदुर, सुरक्षाकर्मी र प्रशासनमा वा व्यवस्थापनमा रहेर काम गर्ने मानिसहरूका लागि अन्तरराष्ट्रिय गुणस्तरका सुरक्षा सामग्रीको व्यवस्था तत्काल गरियोस् । देशका मुख्यमुख्य ठाउँहरूमा अस्थायी प्रकृतिका भए पनि उपचारको पूर्ण योग्यता भएका अस्पताल स्थापना गर्ने र जनशक्ति व्यवस्था गर्ने काम आजैबाट गरियोस् ।
भरतपुर महानगरको नेतृत्वमा यहाँका सरकारी र गैरसरकारी संघसंस्थाको सक्रिय सहभागितामा स्थापित अस्थायी कोरोना अस्पताललाई प्रधानमन्त्री आपत्कालीन कोशमार्फत तत्कालै प्रयोगशालाका लागि आवश्यक उपकरणको व्यवस्था गरिने छ भन्ने घोषणा पनि गर्न पाए हुन्थ्यो प्रधानमन्त्रीज्यू ।