विश्वभर कोरोनाको कहर : मृत्यु हुनेको संख्या १ लाख ६५ हजार माथि, संक्रमितको संख्या २४ लाख नाघ्यो

विश्वभर कोरोनाको कहर :  मृत्यु हुनेको संख्या १ लाख ६५ हजार माथि, संक्रमितको संख्या २४ लाख नाघ्यो

काठमाडौं,८ वैशाख

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ६९ पुगेको छ । यस्तै, पछिल्लो एकै दिनमा करिब ७४ हजार संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या करिब २४ लाख ७ हजार ७३९ पुगेको छ । ६ लाख २५ हजार जना उपचारपछि निको भएका छन् । कोरोना भाइरस कुनै पनि देशमा पूर्ण रुपले रोकिइसकेको छैन ।

यस भाइरसको उद्गम चीनले संक्रमण नियन्त्रणमा आएको दाबी गरे पनि त्यहाँसमेत संक्रमित हुने क्रम रोकिएको छैन । विश्वका २१० राष्ट्र तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोनाको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा ७ लाख ६४ हजार २६५ जनालाई संक्रमण भएको छ । ४१ हजार ५ सयको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै स्पेनमा १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् भने मृतक २० हजार ४५३ जना पुगेको छ ।

इटालीमा १ लाख ७८ हजार ९७२ जना संक्रमित हुँदा २३ हजार ६६० जनाको ज्यान गइसकेको छ । फ्रान्समा १ लाख ५३ हजार संक्रमित हुँदा १९ हजार ७१८ भन्दा बढीको ज्यान गएको छ । जर्मनीमा १ लाख ४५ हजार ७४२ जना संक्रमित हुँदा ४ हजार ६४२ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख २० हजार भन्दा बढी संक्रमित हुँदा १६ हजार ६० जनाको ज्यान गएको छ ।

चीनमा ८२ हजार ७४७ जना संक्रमित र मृतकको संख्या ४ हजार ६३२ पुगेको छ । टर्कीमा ८६ हजार ३०६ जना संक्रमित रहेका छन् भने २ हजार १७ जनाको मृत्यु भएको छ । नेपालमा भने अहिलेसम्म ३१ जना संक्रमति फेला परेका छन् भने ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।