भारतमा एकैदिनमा ३८ को मृत्यु,संक्रमित १७ हजार नाघे, मृत्यु संख्या ५ सय ४३ पुग्‍यो

भारतमा एकैदिनमा ३८ को मृत्यु,संक्रमित १७ हजार नाघे,  मृत्यु संख्या ५ सय ४३ पुग्‍यो

सोमबार बिहानसम्म भारतमा कोरोना भाइरसका १ हजार ५ सय ५३ नयाँ संक्रमित थपिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ।योसँगै भारतमा संक्रमित संख्या १७ हजार २६५ पुगेको छ।

त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ४३ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भारतका २ हजार ५ सय ४७ जना संक्रमित निको भइसकेको जानकारी दिएको छ।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा छन्। त्यहाँ ५ हजार बढीमा कोरोनाको संक्रमण छ। यस्तै दोश्रो धेरै संक्रमित रहेको दिल्लीमा यो संख्या २ हजार बढी रहेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरस द्रुत गतिमा फैलिरहेको बताएका छन्। उनले दिल्लीका ११ जिल्लालाई ुहटस्पटुको घोषणा गरिसकेका छन्।

दिल्लीपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य गुजरात हो। गुजरातमा १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।