पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

काठमाडौं,८ बैशाख ।

कोरोना भाइरसको महामारीले अहिले सारा विश्व ग्रस्त छ । महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ६५ हजार १९५ जनाको ज्यान गएको छ भने २४ लाख १५ हजार २९९ जनालाई संक्रमण भएको छ ।

यसैबीच पेरिसको गैर पेयजलको श्रोतमा कोरोना भाइरसको संक्रमण पाइएको छ । पानीमा कोरोना भाइरसको संक्रमण फेला परेपछि विश्वमा कोरोनाको महामारीले अर्को रुप लिएको आँकलन गर्न थालिएको छ । तर शहरका अधिकारीहरुले भने गैर पेयजलमा कुनै संक्रमणको खतरा नरहेको बताएका छन् ।

पेरिसको जल एजेन्सीको प्रयोगशालाले शहरका बिभिन्न क्षेत्रमा लकडाउन पछि तत्काल पेय जलका २७ नमुना परिक्षण गरेको थियो । त्यसैबेला २७ मध्येका ४ नमुनामा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

पानीको प्रयोग सरसफाईको लागि हुन्छ

शहरका शीर्ष पर्यावरण अधिकारी सेलिया ब्लाउलले भने, गैर ‘पिउनेपानीको आपूर्ति नेटवर्क बिल्कुलै फरक रहेको छ,त्यसैले बिना कुनै खतरा पानीको प्रयोग गर्न सकिन्छ ।’

सीन नदी तथा अवर्क नहर पेरिसमा प्रयोग हुने पानीको श्रोत हो । विशेष गरि उक्त पेयजल सडक सफा गर्न र बोटबिरुवामा हाल्नको लागि प्रयोग हुन्छ ।

नयाँ केसमा कमी भईरहेको छ

ब्लाउलका अनुसार पेरिस कुनै फैसला गर्नुपूर्व खतराको आँकलन गर्नका लागि क्षेत्रीय स्वास्थ्य एजेन्सीसँग परामर्श लिने गर्दछ ।

फ्रान्समा यो समाचार तयार पार्दासम्म १९ हजार ७१८ जनाको ज्यान गएको छ भने १ लाख ५२ हजार ८९४ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ हजार ७४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

 

लोकपथबाट साभार