आज मन्त्रिपरिषद्को बैठक,प्रधानमन्त्री ओली निवासबाट हिँडेरै मन्त्रिपरिषद बैठक हल पुगे

आज मन्त्रिपरिषद्को बैठक,प्रधानमन्त्री ओली निवासबाट हिँडेरै मन्त्रिपरिषद बैठक हल पुगे

काठमाडौं, ८ बैशाख ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।  बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हिँडेरै सचिवालय हलसम्म पुगेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री निवासमै स्वास्थ्यलाभको कामना गरेर बसिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री ओलीले आफूलाई विभिन्न बैठकमा सहभागी गराए सक्रिय राखेका छन् ।

तर, चिकित्सकहरुले उनलाई पूर्ण आराम गर्न सुझाएका थिए । केही बेरअघि सुरु भएको मन्त्रिपरिषद बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली निवासबाटै हिँडेरै सचिवालय हलसम्म पुगेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेशबुकमा लेखेका छन्,”मन्त्रिपरिषद बैठकमा निवासबाट हिंडेर सचिवालय हलसम्म जानुहुँदै प्रधानमन्त्रीज्यू ।