कोरोनाको शिकार बने पत्रकार,२१ जनाको रिपोर्ट पोजेटिभ

कोरोनाको शिकार बने पत्रकार,२१ जनाको रिपोर्ट पोजेटिभ

काठमाडौं, ८ बैशाख ।

भारतको राजधानी मुम्बईमा डाक्टर, पुलिसपछि अब पत्रकारहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ । मुम्बईका २१ पत्रकारहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मुम्बईमा कोरोनाको आशंका गर्दै १६७ फिल्ड रिपोर्टरहरुमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ पाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

१६ अप्रिलमा उनीहरुमाथि कोरोना भाइरसको आशंका गर्दै परिक्षण गरिएको थियो । भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ७ वटा प्रदेश कोरोनाबाट ग्रस्त रहेका छन् ।

७ प्रदेशमा कोरोना भाइरुसका १ हजार भन्दा धेरै संक्रमितहरु रहेका छन् । त्यसमध्ये सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा रहेका छन् । त्यहाँ मात्रै ३ हजार ६५१ कोरोना भाइरसका संक्रमितहर रहेका छन् ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २२१ जनाले ज्यान गुमाईसकेका छन् । महाराष्ट्र पछि दिल्लीमा कोरोनाको संकट अत्याधिक रहेको छ ।

दिल्लीमा २ हजार ३ जनालाई संक्रमण भएको छ । त्यस्तै मध्य प्रदेशमा १४०७, तमिल्नाडुमा १३७२, गुजरातमा १३७६ राजस्थानमा १३५१ जनालाई संक्रमण भएको छ ।

भारतमा यो समाचार तयार पार्दासम्म ५५९ जनाको मृत्यु भएको छ भने, १७ हजार ६१५ जनालाई संक्रमण भएको छ ।