भारतमा तेलंगना सरकारले लकडाउनको अवधि थप्यो

भारतमा तेलंगना सरकारले लकडाउनको अवधि थप्यो

काठमाडौँ ,८ बैशाख

भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ ।

यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पुर्याइएको समाचारमा जनाइएको छ । तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिनुभएको छ । उहाँकाअनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ तारिखसम्म लगाउनुभएको लकडाउनको अवधिलाई बढाएर भारतभर मे ३ सम्म पुर्याएलगत्तै यता यस राज्य सरकारले पनि यो घोषणा गरेको हो ।