इच्छाकामना गाउँपालिकामा सपना भिलेजको राहत

इच्छाकामना गाउँपालिकामा सपना भिलेजको राहत

वैशाख ८ गते । चितवनको इच्छाकामना गाउँपालिकामा सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राहत वितरण गरेको छ । गाउँपालिकाको आग्रह अनुसार यहाँका ४ सय २२ घरधुरीलाई सोसियल इम्प्याक्टले राहत वितरण गरेको हो । सरकारले लागू गरेको लकडाउनका कारण यहाँका स्थानीयमा खाद्यान्नको अभाव हुन थालेपछि गाउँपालिकाको एकद्धार वितरण निति अनुसार राहत वितरण गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले वताए । गिरीका अनुसार प्रति परिवार १० किलो चामल,२ किलो दाल,१ लिटर तेल र एक पोका नुन वितरण गरिएको हो । सपना भिलेज सोसियल इम्प्याक्टले इच्छाकामना गाउँपालिकाका स्थानीयको आयआर्जन वृद्धी,जनचेतना अभिवृद्धीका लागि परियोजना समेत संचालन गरिरहेको छ । यसअघि इच्छाकामना गाउँपालिकाका ६ सय ३३ घरपरिवारलाई प्रति परिवार चार चार वटा सावुन पनि वितरण गरेको थियो । विपद पर्दै आएकाहरुलाई सपना भिलेज सोसियल इम्प्याक्टले माग र आवश्यकता अनुसार राहत वितरण समेत गर्दै आएको छ ।