मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एकजनाको मृत्यु ,एक घाइते

मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एकजनाको मृत्यु ,एक घाइते

चितवन , ५ असोज। 
मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एकजनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ पाँचकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ५ प ५०६४ नम्बरको मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडी सवार एक पुरुषको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार गोर्खा शहिदलखन गाँउपालिका ५ बस्ने ४५ बर्षिय सुन बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना परि गम्भिर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । दुर्घटनामा परि मोटरसाइकल चालक सोहि स्थानका १८ बर्षिय करण आले मगर गम्भिर घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।