पूर्वीचितवनमा १२ घण्टा विद्युत सेवा बन्द

पूर्वीचितवनमा १२ घण्टा विद्युत सेवा बन्द

चितवन , ७ माघ

पूर्वीचितवनको विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ । रत्ननगर वितरण केन्द्रको पर्सा सव स्टेसन अन्र्तगतका ट्रान्सफर्मरहरु मर्मत गर्नुपर्ने भएकोले ६ दिनसम्म विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने रत्ननगर वितरण केन्द्रले जनाएको छ ।

चैनपुर र खैरहनी फिडरको बुधबार देखी शुक्रबार सम्म हरेका दिन बिहान ६ बजेदेखी बेलुका ६ सम्म विद्युत सेवा बन्द हुनेछ भने टाँडी र पर्सा फिडरको शनिबार देखी सोमबारसम्म विहान ६ बजेदेखी बेलुका ६ बजेसम्म नै विद्यत सेवा बन्द हुनेभएको हो ।