सुरेन्द्र पाण्डे विरुद्ध भएको नाराबाजीको नेकपा वरिष्ठ नेता नेपालद्धारा भत्र्सना

सुरेन्द्र पाण्डे विरुद्ध भएको नाराबाजीको नेकपा वरिष्ठ नेता नेपालद्धारा भत्र्सना

चितवन , ६ मंसिर ।
चितवन निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद, पूर्वअर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे विरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा भएको नाराबाजीको पार्टीका वरिष्ठ नेता माधव नेपालले भत्र्सना गरेका छन् । पाण्डे विरुद्ध भएको नाराबाजीको समाचार आएपछि शनिबार साँझ विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता नेपालले पाण्डेलाई दुव्र्यवहार गर्ने र नाराबाजी गर्नेलाई कडा भन्दा कडा कारर्बाही गर्न माग गरेका छन् ।

‘राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’ उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भिर ध्यानाकर्षण गराउँछु ।’

सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि यस्तो कार्य पटक्कै नसुहाउने उनले भनेका छन् ।
गृह जिल्लामा विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुन चितवन आएका पाण्डेले केहि दिनदेखि प्रधानमन्त्री ओली विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । सोहि कारण पाण्डेलाई ओली निकटका कार्यकर्ताहरुले उनकै निर्वाचन क्षेत्रमा दुव्र्यवहार गरेका हुन् ।