टिकटक बनाउँदा झोलुंगे पुलबाट खसेर घाइते भएका युवकको मृत्यु

काठमाडौँ ,६ पुष ।

टिकटक भिडियो बनाउँदा झोलुंगे पुलबाट खसेर घाइते भएका तुलसीपुरका एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर–१९ बिजौरीका २४ वर्षीय रमेश थापा शनिबार बबई गाउँपालिका–५ झरनास्थित बबई नदीको झोलुंगे पुलमा चढेर टिकटक बनाउने क्रममा खसेका थिए । उनको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

पिकनिक मनाउन पुरन्धारा झरना पुगेका थापा साथीहरूसँग रमाइलो गर्दै टिकटक बनाउन पुलको लहरामा झुन्डिएका थिए । त्यस क्रममा पुलबाट खसेकाम उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।