ओलीले आफ्नो चिहान आफै खने :बागमती प्रदेश सांसद खनाल

चितवन , ६ पौष ।
प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा संसद विघटन भएसँगै ओेली विरुद्ध विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । विभिन्न जिल्लामा नेकपाकै नेता तथा कार्यकर्ता प्रधानमन्त्री विरुद्ध उत्रिएका छन् । चितवन रत्ननगरमा समेत आज विरोध सभा भएको छ ।

विरोधसभामा बोल्दै बागमती प्रदेश सभा सदस्य एवं नेकपा प्रदेश कमिटी सचिवालय सदस्य कंचन खनालले प्रधानमन्त्री खोलीले आफ्नो चिहान आफै खनेको बताइन् । केपी ओलीले आफू कम्युनिष्ट हुँ भन्ने नैतिकता गुमाएको खनालको टिप्पणी थियो । हजारौंको बलिदानबाट बनेको संविधानको उलंघन गर्ने अधिकार कसैलाई नभएको खनालले बताइन् । नेकपा सम्बद्ध जनवर्गिय संगठनहरुले रत्ननगरमा आयोजना गरेको विरोध सभामा नेकपा रत्ननगर कमिटीका अध्यक्ष कूलप्रसाद लामिछाने , प्रदेश कमिटी सदस्य प्रकाश खनाल ,नेकपा केन्द्रिय सदस्य नगेन्द्र चौधरी लगायतले प्रधानमन्त्री ओली र राष्ट्रपतीको विरोध गरेका थिए ।