प्रचण्डको गृह जिल्लामा प्रधानमन्त्रीको कदमप्रति बिरोधसंगै स्वागत पनि

चितवन, ६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक चालेको कदमप्रती चितवनमा बिरोध सँगै स्वागत पनि गरिएको छ । प्रतिनिधि सभा बिघटन गर्नु असंवैधानिक रहेको नेकपा नेता माधव कुमार नेपाल र प्रचण्ड खेमाले बिरोध गरेका छन् भने प्रधानमन्त्री ओली इतरका कार्यकर्ताहरुले सो कदम बाध्यतात्मक रहेको भन्दै स्वागत गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा प्रचण्ड नेपाल समुहका कार्यकर्ताले बिरोध गर्दै कोण सभा नै गरे । यता प्रधानमन्त्री ओली समुहका कार्यकर्ताले दिप प्रज्वलन गरेर उनको कदम प्रती खुसियाली मनाए । प्रचण्ड नेपाल पक्षले चितवनको रत्ननगरमा कोण सभा गरेको थियो भने ओली समुहले खैरहनिको चौबिसकोठिमा दिप प्रज्वलन गरे ।

मन्त्रीपरिषदले आइतबार प्रतिनिधि सभा बिघटन गर्न सिफारिस गरेपछी रास्ट्रपति विद्यादेवि भण्डारीले बिघटन गरेकी थिइन् ।