ब्रिजकोर्स अध्ययनमा ओर्याकलको लगातारको सफलता

ब्रिजकोर्स अध्ययनमा ओर्याकलको लगातारको सफलता

बुटवल,चैत्र

ब्रिजकोर्स कक्षा संचालन गरेको बुटवलको ओर्याकल एजुकेशन जोनले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । कक्षा १२ पछिको अध्ययनका लागी संचालन गरिएको ब्रिजकोर्समा विद्यार्थीहरुले सफलता हात पारेको दावी ओर्याकलले जनाएको छ । कक्षा १२ मा विज्ञान शंकाय अध्ययन गरेका विद्यार्थीका लागी विगत चार वर्षदेखी ओर्याकलले ब्रिजकोर्स संचालन गर्दै आएको छ ।

मेडिकल शिक्षाका अध्ययन गर्ने विद्यार्थीहरुले नेपालको विभिन्न विश्वविद्यालय अन्र्तगतका मेडिकल कलेजमा नाम निकाल्न सफल भएका छन । मेडिकल, पारामेडिकल, अप्लाइड साइन्स, इन्जिनियरिङ्ग विधामा विद्यार्थीले नाम निकालेका छन । एम.वि.वि.एस् , बि.डि.एस, नर्सिङ्ग, बि.एम.एल.टि, बाम्स, फार्मेसी, एग्रिकल्चर, भेटेरिनरी, फरेष्ट्री, फुड टेक, बि.ई लगायतका बिषयहरुमा यस संस्थाद्वारा प्रशिक्षित विधार्थीहरुले उत्कृष्ट अंक सहित प्रवेश परिक्षामा उतिर्ण भएका छन् ।एमविविएसमा सुजाता भण्डारी , बी.डि.एसमा पूजा श्रेष्ठ , भेटेनरीमा सन्तोष सापकोटाले छैठौ स्थानमा नाम निकालेका छन । त्यस्तै र्निर्सङ अध्धयनका लागी मुना भण्डारीले दशौ स्थानमा नाम निकालेकी छन ।


बी.एम.एल.टिमा सागर पराजुलीले दोश्रो स्थानमा , ऋषी भण्डारीले बी.एम.एल.टिमा सातौं स्थानमा नाम निकालेका सफल विद्यार्थी भएको संचालक डा. युवराज पन्थले बताए । आफुहरुले दिएको आत्मिय वातावरणमा विद्यार्थीले सफलता प्राप्त गरेको दावी उनले गरे ।अहिले सम्म ८०% जनाले सफलता हासिल गरेको म्यानेजिङ्ग डाइरेक्टर ई. आशिष न्यौपानेले बताए । ‘ प्राविधिक धारका विषय विशेषज्ञ द्वारा संचालित तथा प्राध्यापन गरिने भएकोले विधार्थीहरुले प्रवेश परिक्षाको वास्तविक स्वाद बारे बढी जानकार हुन्छन् ’ न्यौपानेले भने ‘ त्यो नै विधार्थीको लागि फाईदाजनक हुन्छ । ’
ओर्याकल एजुकेशन जोनले यस वर्ष देखि कक्षा १० पछिको व्रिज कोर्ष पनि संचालन गर्ने जनाएको छ ।