पूर्वी चितवनका विद्यालयहरुको उत्तरपुस्तिका घरमै जाँच गर्न पाउने

पूर्वी चितवनका विद्यालयहरुको उत्तरपुस्तिका घरमै  जाँच गर्न पाउने

चितवन,८ चैत।

पूर्वी चितवनका सामुदायिक विद्यालयहरुको उत्तर पुस्तिका अनुकुलता अनुसार जाँच गर्न पाईने भएको छ । विद्यालयमै उपस्थित भएर उत्तरपुस्तिका जाँच गर्नु पर्ने वाध्यता रहँदा कोरोनाको त्रास हुने गुनासो आएपछि पूर्वी चितवनका नगरपालिकाहरुले शिक्षकहरुलाई अनुकुलता अनुसार काम गर्न पाउने व्यवस्था मिलाएका हुन्

। पूर्वी चितवनका नगर प्रमुख,उपप्रमुख,प्रमुख जिल्ला अधिकारी,प्रमुख प्रशासकीय अधिकृत,स्थानीय शिक्षा अधिकारी लगायतको उपस्थितीमा राप्ती नगरपालिकामा शुक्रवार वसेको वैठकले घरमै वसेर उत्तर पुस्तिका जाँच गर्न पाउने मौखिक सहमती गरेको खैरहनीका स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानबाट शिक्षकहरु विद्यालय उपस्थित भएर उत्तर पुस्तिका जाँच गर्नु पर्ने हुँदा कोरोनाको त्रास रहने भएकाले शिक्षकहरुलाई सहजता वनाएको पौड्यालले वताए । सामाजिक सञ्जालमा तथा सम्वन्धीत नगरपालिकामा शिक्षकहरुले घरमै वसेर उत्तर पुस्तिका जाँच गर्न पाउनु पर्ने भन्दै गुनासो गरिरहेका छन् । राप्तीका मेयर प्रभा वरालको अध्यक्षतामा भएको वैठकमा कोरोनाको संभावित जोखिमका लागि नगरपालिकाहरुले अपनाएका उपायका बारे छलफल गरिएको थियो ।

भरतपुरले कोरोना अस्पताल वनाईसकेको अवस्थामा पूर्वी चितवनका स्थानीय तहले पनि तयारीका विषयमा छलफल गर्नुका साथै आवश्यक सुरक्षा अपनाउन नगरवासीहरुलाई आग्रह गर्ने निर्णय समेत भएको छ । वैठकमा रत्ननगरका मेयर नारायण वन,राप्तीका उपमेयर इमानसिंह लामा,खैरहनीका उपमेयर सुनिता थपलिया,रत्ननगरका उपमेयर विमला दुवाडी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,प्रमुख प्रशासकीय अधिकृत,स्थानीय शिक्षा अधिकारी,स्वास्थ्य शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।