अमेरिकामा कोरोनाबाट २ सय ७५ को मृत्यु ,१९ हजारभन्दा बढी संक्रमित

एजेन्सी,८ चैत्र ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट १९ हजारभन्दा बढी संक्रमित बनेका छन्। हालसम्म त्यहाँ १९ हजार ७७४ कोरोनाबाट संक्रमित बनेका छन् भने २७५ को मृत्यु भइसकेको छ।

यतिबेला अमेरिकाले १९ हजार ३५२ लाई कोरोनाको आशंकामा उपचार गरिरहेको छ। उपचारपछि १४७ जना स्वस्थ बनेको खबर छ।

यस्तै कोरोनाका कराण त्यहाँ ६४ जनाको अवस्था गम्भीर बनेको बताइएको छ।

विश्वका १८० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसले विश्वभर २ लाख ७६ हजार ५३२ संक्रमित भएका छन्। मृतकको संख्या ११ हजार ४१८ पुगिसकेको छ।