जन्मदिनको अवसरमा आश्रममा भोजन

जन्मदिनको अवसरमा आश्रममा भोजन

चैत ८ गते । पछिल्लो समय जन्मदिन,वैवाहिक वर्षगाँठ होटल,रेस्टुरेन्टमा गएर मनाउने फेसनको रुपमा विकास भईरहेको छ । हजारौ खर्च गरेर त्यस्तो काममा फजुल खर्च गर्ने गरिन्छ । तर भरतपुर महानगरपालिकाका इन्जिनियर सुरज देवकोटाले आफ्नी छोरीको जन्मदिन पूण्य कार्य गरेर मनाएका छन् । छोरी रियान्साको शनिवार परेको जन्मदिन देवकोटा परिवारले चितवन मानव सेवा आश्रममा मनाएका हुन् । पहिलो जन्मवर्षको अवसरमा आश्रममा आश्रितहरुलाई एक दिनको खाना र खाजा खुवाएर जन्मदिन मनाईएको थियो ।

भरतपुर ९ स्थित चितवन मानव सेवा आश्रममा ४१ जना आश्रित छन् । उनीहरु सवै मानसिक रोगी हुन् । यहाँको अवस्था वुझेर नातिनिको जन्मदिनको अवसरमा एक दिनको खाना र खाजा खुवाउनु पाउँदा खुसी लागेको रियान्साका हजुरवुवा सुर्य प्रसाद देवकोटाले वताए । रियान्साका बुवा सुरज देवकोटा,आमा रिचा देवकोटा,हजुरवुवा सुर्य प्रसाद देवकोटा,हजुरआमा राधा देवकोटा लगायतले उनीहरुले आफ्नै हातबाट खाना दिएका थिए ।

मानव सेवा आश्रममा कार्यरत नर्सिङ स्टाफ पुष्पा लुईटेलले जन्मदिन,पूण्य तिथि लगायतको अवसर पारेर आश्रममै उपस्थित भएर खाना खुवाउनुका साथै सहयोग हुदै आएको वताईन् । दीर्घकालिन श्रोतका लागि अहिले अश्रयकोष समेत स्थापना गरिएको छ । सडकमा विक्षिप्त रुपमा रहेकाहरुलाई ल्याएर उनीहरुलाई आश्रममा राखिएको नर्सिङ स्टाफ लुईटेलले वताईन् ।