क्लीन कठारको अनुकरणीय काम,कोरोनाका बारे जनचेतना वाड्दै
चैत ८ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट वच्न सचेतनामुलक कार्यक्रम अघि वढाईएको छ । खैरहनी नगरपालिकाको कठार पर्यटन विकास समिति अन्र्तगतको क्लीन कठार नामक संस्थाले यो रोगबाट वच्न उपायका बारे प्रचार प्रसारका मार्फत सचेतना फैलाउन सुरु गरेको हो । खैरहनी नगरपालिका वडा नम्वर १० र ११ का गाउँ गाउँमा कोरोनाबाट वच्न अपनाउनु पर्ने सावधानीका वुँदाहरु लेखिएको पर्चा,पम्प्लेट वाँड्नुका साथै चोक चोकमा व्यानर टाँसिएको कठार पर्यटन विकास समितिका अध्यक्ष लीलाराज गुरुङले वताए । संचार माध्यमको पौंच सवै ठाउँमा पुग्न नसक्ने भएकाले ग्रामिण भेग प्रचार प्रसार स्वरुप पम्प्लेट वितरण गर्नुका साथै व्यानर टाँसिएको उनले जानकारी दिए ।
हेलचत्र्याईका कारण यो रोगले ज्यान जान सक्छ समितिका अध्यक्ष गुरुङले भने – सांकेतिक रुपमा सन्देश प्रवाहका लागि यो कामले सहयोग पुग्ने विश्वास छ । नेपालमा कोरोनाको जोखिम रहेको हुँदा यसमा चनाखो भई सावधानी अपनाउनु पर्ने कठार पर्यटन विकास समितिले जनाएको छ । सो समिति अन्र्तगतको क्लीन कठार नामक संस्थाले हरेक शनिवार आफ्नो क्षेत्र भित्र सरसफाई गर्दै आएकोमा यस साताको शनिवार अर्थात आज कोरोनाको सचेतना फैलाईएको समितिका अध्यक्ष गुरुङले वताए । पम्प्लेट वितरणसंगै व्यानर टास्ने काममा क्लीन कठारका सम्पूर्ण सदस्यहरुको उपस्थिती रहेको थियो ।