भरतपुरको कोरोना अस्पतालमा ९ जनाको स्वास्थ्य जाँच

भरतपुरको कोरोना अस्पतालमा ९ जनाको स्वास्थ्य जाँच

चितवन , ८ चैत। 
चितवनको भरतपुरमा संचालनमा आएको कोरोना बिशेष अस्पतालमा आज नौ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

चितवनका विभिन्न अस्पताल तथा हेटौडाँबाट कोरोनो अस्पताल पठाइएका नौ जना विरामीको स्वास्थ्य जाँच गरिएकोमा साँत जनामा कोरोनाको शंकास्पद लक्षण नदेखिएकाले घर पठाइएको छ । त्यस्तै दुईजनामा कोरोनाको शंकास्पद लक्षणहरु देखिएकोले उनीहरुलाई आइसोलेसनमा राखिएको कोरोना बिशेष अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए । उनीहरुको भोली नमूना संकलन गरेर परिक्षणको लागि काठमाडौं पठाइने डा अधिकारीले बताए ।

तस्बिरः फाइल फोटो