भारतमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय नाघ्यो, ५९२ जनाको मृत्यु

काठमाण्डौ,९ वैशाख ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १८ हजार नाघेको छ । अहिलेसम्म १८ हजार ६ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना सङ्क्रमणबाट सबभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो जहाँ अहिलेसम्म ४ हजार ६ सय ६६ जना सङ्क्रमित भएका छन् भने २ सय ३२ जनाको ज्यान गइसकेको छ ।

यस्तै सबभन्दा कम प्रभावित राज्य मिजोरम र अरुणाचल प्रदेश हुन् जहाँ एकरएक जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयका अनुसार ३ हजार २ सय ५१ जना सङ्क्रमित निको भएका छन् भने ५ सय ९२ जनाको ज्यान गएको छ ।