कोरोना जोखिमले मनाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

कोरोना जोखिमले मनाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

बेंसीसहर,९ वैशाख ।

हिमाली जिल्ला मनाङमा यसवर्ष यार्सागुम्वा टिप्न प्रतिबन्ध लगाइएको छ । कोभिड(१९ फैलन नदिन सरोकारवालाले यार्सा संकलनमा रोक लगाएका हुन् । यार्सागुम्बा टिप्ने मौसम सुरु भएपनि जिल्लाका सबै क्षेत्रमा संकलनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सबै क्षेत्रमा यार्सा संकलन गर्न रोकिएको यो पहिलो घटना हो ।

प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चारवटै गाउँपालिकाका प्रमुख, सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को सहभागितामा बसेको बैठकले यार्सा संकलनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।

मनाङमा यार्सागुम्बा टिप्न लमजुङ, गोरखा, धादिङ, रोल्पा, डोल्पा लगायतका जिल्लाबाट मानिसहरु वर्षेनी जाने गर्दछन् । सिजनमा विभिन्न लेक तथा खर्कमा यार्सा खोज्नेका ५ हजार भन्दा बढीको भीड हुने गर्छ । ‘यस्तोबेला यार्सा खोज्नेको भीडभाडले झनै जोखिम बढ्न सक्छ, प्रजिअ पौडेलले भने, ुकोरना संक्रमण रोक्न प्रतिबन्ध लगाउने निर्णय गर्‍यौं ।ु

नासो गाउँपालिकाको खर्क, नाम्के लेक, डाँफे चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्यामलगायतका खर्कमा यार्सा पाइन्छ ।