राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा कलैयाका मेयर पक्राउ

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा कलैयाका मेयर पक्राउ

कैलया,९ वैशाख

लकडाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछका लागि कलैयाका मेयर राजेश राय यादवलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

‘कुहिएको खाद्यान्न राहातमा वितरण गरेको सन्भर्दमा हामीले अनुसन्धान गरिरहेका छौं,’ पंगेनीले खबरहबसँग भने, ‘सोही सन्दर्भमा उहाँ ९मेयर यादव०लाई नियन्त्रणमा लिएका हौं । अहिले उहाँसँग सोधपुछ भइरहेको छ ।’

कलैया उपमहानगरपालिकाले गत चैत २८ गते वितरण गरेको राहातमध्ये दाल, चामललगायत खाद्यान्न कुहिएको भेटिएको थियो ।

राहातमा वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि चैत २९ गते जिल्ला प्रशासन कार्यालयले मेयर यादवको घरमा छापा मारेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार राहातमा कुहिएको खाद्यान्न वितरण गर्ने प्रकरणमा संलग्न अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ ।