खैरहनीका थप २६ जनाको आरडिटी नेगेटिभ

खैरहनीका थप २६ जनाको आरडिटी नेगेटिभ

चितवन,९ वैशाख ।

चितवनको खैरहनी नगरपालिकामा थप २६ जनाको र्यापिड डाईग्नोटिष्ट टेष्ट (आरडिटी ) नेगेटिभ आएको छ । सोमवार १० जना र मंगलवार १६ जनाको आरडिटी परिक्षण गरिएको थियो । परिक्षणका क्रममा सवै जनाको रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । विदेशबाट आएकाहरुको तथ्यांकमा उनीहरुको नाम समावेश थिएन् । नगरपालिकाले वडा कार्यालय हुदै टोल विकास संस्था मार्फत विदेशबाट आउनेहरुको तथ्यांक लिईएको थियो । पहिलो चरणमा ८० जनाको परिक्षण गरिएकोमा किट अभावले तथ्यांकमा समावेश नभएकाहरुको परिक्षण भएको थिएन् । स्वास्थ्य कार्यालय चितवनबाट प्राप्त किटले विदेशबाट आएकाहरुको परिक्षण गरिएको हो । पहिलो चरणमा परिक्षण गराएका सवैको आरडिटी रिपोर्ट नेगेटिभनै आएको थियो ।