चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन, ७ मङ्सिर ।

चितवन मेडिकल कलेजमा आइतबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भई कार्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी तनहुँको व्यास नगरपालिका वडा नं ८ की ५४ बर्षीय एक महिलाको आज आइतबार बिहान ११ः१६ बजे मृत्यु भएको कलेजले जनाएको छ ।
ती महिलामा भर्ना भएकी दिनमा कोभिड–१९ पुष्टि भएको थियो । आइसियू कक्षमा भेन्टिलेटरमा राखि उपचार गर्ने क्रममा उनको मृत्यु भएको मेडिकल कलेजका अस्पताल निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए । मृतक महिलामा उत्त रक्तचाप, मधुमेह र मृर्गौलाको रोग समेत रहेको उनले बताए ।