नेकपा ओली समूहको प्रवक्तामा ज्ञवाली नियुक्त

चितवन, ७ पुष ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको पार्टी प्रवक्तामा प्रदिप ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बालुवाटारमा भएको ओली समूहको केन्द्रिय कमिटिको बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई नियुक्त गरेको हो ।
श्रेष्ठले पार्टी हित विपरित काम गरेकाले उनलाई हटाएको नेकपाका एक नेताले जानकारी दिए । ज्ञवाली परराष्ट्रमन्त्री समेत हुन् ।