नेकपा केन्द्रिय कमिटीमा चितवनका ८ जना

चितवन,७ पुष ।

नेपाल कम्युनिस्ट पाटिको केन्द्रिय सदस्यमा चितवनबाट ८ जना मनोनीत भएका छन । नेकपा अध्यक्ष केपि शर्मा ओलि पक्षको मंगलबार बसेको केन्द्रिय कमिटी बैठकले चितवनबाट ८ जनालाई केन्द्रिय सदस्य बनाउने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार जेएन थपलिया ,बिजय सुवेदी,हरि सापकोटा ,प्रभा बराल,दावा लामा,पार्वती रावल,सारदा कुमाल र कपिल पोखरेललाई केन्द्रिय सदस्यमा मनोनीत भएका हुन । ओलि पक्षको केन्द्रिय कमिटी बैठकले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गर्नुका साथै ११ सय ९९ आयोजक केन्द्रिय कमिटी बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार चितवनबाट ८ जना केन्द्रिय कमिटीमा परेका हुन ।