पछिल्लो २४ घण्टामा थपिए ७ सय २२ कोरोना संक्रमित,३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ७ सय २२ कोरोना संक्रमित,३ जनाको मृत्यु

काठमाडौं,७ पुष ।

पछिल्लो २४ घन्टामा नेपालमा ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या   संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा जम्मा ७ हजार पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण १७ सय ९८ जनाको मृत्यु भएको छ ।

हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन्।