Breaking : अब नेकपा अध्यक्ष रहेनन् ओली, माधव नेपाल बने नयाँ अध्यक्ष

Breaking : अब नेकपा अध्यक्ष रहेनन् ओली, माधव नेपाल बने नयाँ अध्यक्ष

काठमाडौं,७ पुष ।

प्रधानमन्त्री केपी शर्मा ओली अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट बर्खास्त भएका छन् । नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट बर्खास्त गरिएको र माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो  ।

ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

एकीकृत नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट बर्खास्त गर्दै प्रदीपकुमार ज्ञवालीलाई नयाँ प्रवक्ता बनाएको छ।