लागुऔषध ओसारपसारमा संलग्न एक पुरुष पक्राउ

लागुऔषध ओसारपसारमा संलग्न एक पुरुष पक्राउ

चितवन, ७ पुष ।
लागु औषध ओसारपसारमा संलग्न पोखराका एक पुरुष चितवनमा पक्राउ परेका छन् । प्रतिबन्धित लागु औषध डाईजेपाम ३ सय एम्पुल, व्युप्रिनोर्फिन ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल सहित ग १८ प ५९०० नम्बरको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका वडा नं २७ बस्ने बर्ष ३१ को सुवास गुरुङलाई चितवन प्रहरीले सोमबार पक्राउ गरेको हो ।
गुरुङ उपर लागु औषध मुद्धामा चितवन जिल्ला अदालतबाट अनुमति लिई हिरासतमा लिएर थप अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
नारायणगढबाट मुग्लिनतर्फ जाने क्रममा गुरुङले चलाएको ग १८ प ५९०० नम्बरको मोटरसाइकल सोमबार दिउँसो करिब ३ बजेको समयमा भरतपुर–१ रामनगरमा दुर्घटना भएको थियो । दुर्घटनाबाट घाइते भएका गुरुङको झोला चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध फेला परेको उनले बताए ।