रातारात चोरियो पशुपतिनाथ मन्दीरमा सजाइएका फूल

रातारात चोरियो पशुपतिनाथ मन्दीरमा सजाइएका फूल

काठमाडौं,१० फागुन।

पशुपतिनाथ मन्दीरमा महाशिवरात्रिमा सजाइएको फूल चोरी भएको छ । पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर विभिन्न देशबाट मगाएको फूल राती नै चोरी भएको हो ।

शुक्रबार राति सम्म फूल र बत्तिले झकिझकाउ भएको पशुपतिनाथ मन्दीर शनिबार बिहान फूल नै गायब भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपतिका फूल बाँदरबाट जोगाउन सकिए पनि मान्छेबाट जोगाउन नसकिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले पशुपतिनाथलाई फूल सजाउन मात्र झण्डै दुई करोड रकम खर्च गरेको बताए । उक्त फूलहरु भारत, अष्ट्रेलिय र थाइल्याण्डबाट मगाइएको थियो ।