कंकाली वनको चुनाव – ८० प्रतिशत मत खस्यो,मतगणना आजै हुने

कंकाली वनको चुनाव – ८० प्रतिशत मत खस्यो,मतगणना आजै हुने

फागुन १० गते । खैरहनी स्थित कंकाली सामुदायिक वनको आगामी कार्यसमिति चयनका लागि भएको चुनावमा ८० प्रतिशत मत खसेको छ । शनिवार भएको मतदानमा कुल २ हजार १ सय ६८ मतदाता मध्ये १ हजार ७ सय ५१ मत खसेको निर्वाचन समिति संयोजक शम्भु प्रसाद लामिछानेले वताए । मतदानको मतगणना भने वेलुका ७ वजेतिर सुरु हुने जनाईएको छ ।

कार्यसमितिको अध्यक्षका लागि नेकपा र नेपाली काग्रेश निकटका उपभोक्ताहरुले प्यालन वनाएर चुनावी मैदानमा उत्रिएका छन् । नेकपाबाट रामेश्वर पोखरेल र नेपाली काग्रेशबाट राममणी न्यौपानेको नेतृत्वमा प्यालन वनाईएको छ । पोखरेल वनको पूर्व सल्लाहाकार हुन् भने न्यौपाने पूर्व अध्यक्ष हुन् । धेरैको वुझाईमा न्यौपानेनै आगामी कार्यकालका लागि निर्वाचित हुने अनुमान छ । पोखरेलको प्यालनबाट वरिष्ठ उपाध्यक्षमा युवराज थापा,उपाध्यक्षमा दलवहादुर वस्नेत,सचिवमा लक्ष्मी थापा,कोषाध्यक्षमा कृष्ण वहादुर वस्नेत र सहसचिवमा रामहरी अर्यालको उम्मेदवारी छ ।

न्यौपानेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देवी प्रसाद न्यौपाने,उपाध्यक्षमा छविध्वज वुढाथोकी,सचिवमा मनु गुरुङ,कोषाध्यक्षमा तिलक न्यौपाने र सहसचिवमा चन्द्रजंग पाण्डेको उम्मेदवारी छ । लेखा समिति संयोजकमा पोखरेलको प्यानलबाट लेखा समिति संयोजकमा रामकृष्ण खतिवडा,सदस्यहरुमा अर्जुनकुमार सापकोटा र श्याम कार्कीले उम्मेदवारी दिएका छन् । न्यौपानेको प्यानलबाट लेखा समिति संयोजकमा रामशरण अर्याल,सदस्यहरुमा गोपे दमाई र भगवती धरेल चुनावी मैदानमा छन् । आन्तरीक रुपमा वुझ्दा कंकाली वनको चुनाव दलिय प्रभावमा भएको छ । दुवै प्यालनका उम्मेदवारहरु दलहरुलेनै छनौट गरेर पठाएको वुझिएको छ ,उम्मेदवारहरुले पनि त्यो कुरा स्वीकार गरेका छन् । मतदानका क्रममा नगरस्तरका नेताहरु मतदान स्थल पुगेर उम्मेदवारहरुलाई समर्थन जनाएको देखिन्थ्यो ।