कालिकाले अभिभावकत्व ग्रहणलाई निरन्तरता दिने

कालिकाले अभिभावकत्व ग्रहणलाई निरन्तरता दिने

फागुन १० गते ।  खैरहनी ८ स्थित कालिका मोटरसाईकल पार्टसले थप केही विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्ने जनाएको छ । कालिका मोटरसाईकल पार्टसले स्थापना गरेको कालिका यामाहा कोष स्थापना गरेर सोही कोषबाट विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्दैै आएको छ । हाल सम्म १८ जना विद्यार्थीको अभिभावक वनेको कालिका मोटरसाईकल पार्टसले आगामी थप कम्तीमा पनि २० विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने पार्टसका संचालक एवंम् कोषका अध्यक्ष उत्तम अधिकारीले वताए । कालिका मोटरसाईकल पार्टस स्थापनाको २५ वर्ष प्रवेशको अवसरमा शनिवार आयोजित एक कार्यक्रमका बीच कोषका अध्यक्ष अधिकारीले थप विद्यार्थीको अभिभावक वन्ने घोषणा गरेका हुन् ।

आर्थिक अभावका कारण पठन पाठनमा समस्या झेल्दै आएकापूर्वी चितवनका चार वटा नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कालिका मोटरसाईकल पार्टसले अभिभावकत्व ग्रहण गर्दै आएको हो । पार्टसले प्रत्येक मोटरसाईकल र स्कुटर विक्रीबाट २,२ सय रुपैया छुट्याएर कोषमा संकलन गर्दै आएको छ । अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरुलाई सोही कोषबाट कक्षा १२ सम्म भर्नादेखी आवश्यक पर्ने सम्र्पूण शैक्षिक सामाग्री सहयोग गरिने छ । शनिवार खैरहनीका समाजसेवी,व्यवसायी,पत्रकार लगायतको उपस्थितीमा केक काटेर २५ औं वर्ष प्रवेशको रजत जयन्ती मनाएको छ ।