कंकाली वनको अध्यक्षमा काग्रेशका न्यौपाने विजयी,अन्य सवै पदमा नेकपामा उम्मेदवारको जित

कंकाली वनको अध्यक्षमा काग्रेशका न्यौपाने विजयी,अन्य सवै पदमा नेकपामा उम्मेदवारको जित

फागुन १० गते । निकै चासोको साथ हेरिएको कंकाली सामुदायिक वनको चुनावमा अध्यक्षमा नेपाली काग्रेश निकटका राममणी न्यौपाने विजयी भएका छन् । तर वाँकी अरु पदमा नेकपाका उम्मेदवारले जित हात पारेका छन् । अध्यक्षमा निर्वाचित न्यौपानेले उनका प्रत्यासी नेकपा निकटका रामेश्वर पोखरेललाई २६ मतले पराजीत गरे । न्यौपानेले कुल खसेको मत मध्ये ८ सय ५३ मत प्राप्त गरे । पोखरेलले ८ सय २७ मत प्राप्त गरे । कार्यसमितिको पदाधिकारी र लेखा समितिमा भने नेकपाका उम्मेदवार विजयी भए । न्यौपाने यसअघि कंकाली वनको दुई पटक अध्यक्ष भईसकेका थिए । वरिष्ठ उपाध्यक्षमा नेकपाका युवराज थापा ८ सय ३६ मत, उपाध्यक्षमा दलवहादुर वस्नेत ८ सय ८६ मत , सचिवमा लक्ष्मी थापा ८ सय ४५ मत ,कोषाध्यक्षमा कृष्ण वहादुर वस्नेत ९ सय ८ मत र सहसचिवमा रामहरी अर्यालले ८ सय ६४ मत प्राप्त गरे। लेखा समिति संयोजकमा रामकृष्ण खतिवडाले ८ सय २४ मत तथा सदस्यहरु श्याम कार्कीले ८ सय ३६ र अर्जुनकुमार सापकोटाले ८ सय ४३ मत प्राप्त गरे । निर्वाचनमा १ हजार ७ सय ५१ मत खसेको थियो ।