चितवनबाट काठमाडौँ जादै गरेको ट्रकले जीपलाई ठक्कर दिँदा ८ जना घाइते

चितवनबाट काठमाडौँ जादै गरेको ट्रकले जीपलाई ठक्कर दिँदा ८ जना घाइते

धादिङ,९ चैत्र ।

धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा एउटा ट्रकले बोलेरो जिपलाइ ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा३च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट नियन्त्रण गुमाएको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये थाक्रे गाउँपालिका–१० की ७५ वर्षीया मैया तामाङको अवस्था गम्भीर छ ।

ट्रक चालक नियन्त्रणमा लिएको र दुर्घटना पश्चात फरार रहेका जिप चालकको भने खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ ।