भारतमा कोरोना बाट मर्नेको संख्या ६ पुग्यो

भारतमा कोरोना बाट मर्नेको संख्या ६ पुग्यो

काठमाडौं,९ चैत्र ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ६  को छ ।

पछिल्लो समय महाराष्ट्रको मुम्बइमा ६५ वर्षीय वृद्ध र बिहारको पटनामा ३८ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि भारतका विभिन्‍न सहरमा फरक(फरक मितिमा चार जनाको मृत्यु भएको थियो ।

मुम्बइको कस्तुरबा गान्धी अस्पतालमा कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सोही अस्पतालमा मार्च १६ मा ६४ वर्षीय वृद्धको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।

बिहारमा मृत्यु भएका युवक केही समयअघि साउदी अरबबाट फर्किएका बताइएको छ ।

बिहारमा स्कटल्याण्डबाट फर्किएका एक अन्य व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।