सुनचाँदीको भाउ बढ्यो, हेर्नुहोस् आजको बजार भाउ
प्रकाशित मिति: आइतबार, चैत्र ०९, २०७६ | १३:०१:०४
काठमाडौं,९ चैत्र ।
नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सय रहेको थियो । भने आज तोलामा १ हजारले बृद्धि भइ प्रतितोला छापावाला सुन ७६ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७६ हजार २ सय रहेको छ ।
आइतवार चाँदीको मूल्यपनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला मूल्य ७ सय रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी ७ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०९, २०७६ |
१३:०१:०४
859