पाथिभरा मन्दिरको दर्शन अनिश्चितकालका लागि बन्द
प्रकाशित मिति: आइतबार, चैत्र ०९, २०७६ | १३:१९:२७
काठमान्डौ,९ चैत
प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिर दर्शनमा रोक लागाइएको छ। ताप्लेजुङ जिल्लामा पर्ने प्रसिद्ध धार्मिक स्थल पाथिभरामा कोरोना संक्रमण फैलन सक्ने त्रासका कारण अर्को सूचना जारी नभएसम्मका लागि दर्शनमा रोक लगाइएको हो।
पाथिभरा मन्दिर क्षेत्रमा दर्शन गर्ने भक्तजनहरुको संख्या बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि मन्दिर दर्शन स्थगित गरिएको जिल्ला प्रशासन कार्यलय ताप्लेजुङले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तप्लेजुङले जारी गरेको विज्ञप्तीमा कोरोना संक्रमण फैलन सक्ने भएकाले मन्दिर दर्शनमा रोक लगाएको उल्लेख छ।
पाथिभरा मन्दिर दर्शनमा दैनिक ३ हजारभन्दा बढीले दर्शन गर्दै आएका थिए। यो महिना पाथीभरा दर्शन गर्न जाने सिजन हो।
प्रकाशित मिति : आइतबार, चैत्र ०९, २०७६ |
१३:१९:२७
617