अब टेकु अस्पतालमा कोरोनाका शंकास्पद व्यक्तिको मात्र जाँच गरिने, अन्यलाई वीर र टिचिङ सारिने
प्रकाशित मिति: आइतबार, चैत्र ०९, २०७६ | १३:२५:२३
काठमाडौं,९ चैत्र ।
अब काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको मात्र जाँच हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता सागर दहालका अनुसार त्यहाँ रहेका एचआइभी संक्रमित लगायत अन्य विरामीलाई अन्य उपयुक्त अस्पतालमा सारिनेछ ।
यसबारे के गर्ने भन्नेबारे सोही अस्पताललाई नै निर्देशन दिइएको दाहालले जानकारी दिए ।
हालसम्म नेपालमा अन्य संक्रमित भेटिएका छैनन् । यसअघि चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको भनिएका बिरामीको उपचारपछि निको भएको सरकारले दाबी गरेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०९, २०७६ |
१३:२५:२३
617