कोरोनाको त्रास :“सक्किगो नि” अनिश्चितकालका लागि बन्द,कलाकार सेल्फ क्वारेन्टाइनमामा
काठमाडौं,९ चैत्र ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनिुको प्रसारण स्थगित भएको छ । हास्य टेलिसिरियल सक्किगोनिका निर्देशक कुमार कटेल जिग्रीले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै सक्किगोनिुको प्रसारण स्थगित भएको जानकारी गराएका हुन् ।
उनले लेखेका छन् -‘बिश्वब्यापी कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको’लक डाउन’को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू’सेल्फ क्यारेन्टाईनमा’ बस्ने निर्णय गरेका छौ।
यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म ‘सक्किगोनीूकेही समय स्थगित हुने कुराको जानकारी गराउदछौ।यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ।
आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौं । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौ।धन्यवाद’