रुपन्देहीको गाउँपालिका वडाध्यक्ष विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
प्रकाशित मिति: आइतबार, चैत्र ०९, २०७६ | १७:२२:२५
काठमाडौं,९ चैत्र ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला, सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
अख्तियारले वडाध्यक्षलाई ७० हजार रुपैया भ्रष्टाचार गरेको आरोपमा आइतवार मुद्दा गरेको हो ।
अख्तियारले रुपन्देही जिल्ला, सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष श्रवण कुमार यादवले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राही संग ७० हजार रुपैया घुस लिईसेको अवस्थामा नियनत्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा वडाध्यक्ष यादवले सेवाग्राहीको बाबुको नाममा रहेको जग्गाको चारकिल्ला सिफारिस गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई एक लाख माग गरी बार्गेनिङ पश्चात ७० हजार घुस लिएको आरोपमा आइतवार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०९, २०७६ |
१७:२२:२५
727