चितवनको कोरोना अस्पतालमा १० जनाको परीक्षण, एक जना आइसोलेसनमा भर्ना
प्रकाशित मिति: आइतबार, चैत्र ०९, २०७६ | १७:४९:०७
चितवन,९ चैत्र।
चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा आइतबार १० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
ती मध्ये एक जनामा कोरोना भाइरस (कोभिड–१९) संग मिल्दोजुल्दो लक्षण देखिएकोले आइसोलेसनमा भर्ना गरिएको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा.भोजराज अधिकारीले जानकारी दिए । उनले भने–‘अन्य बिरामीको अवस्था सामान्य देखियो, पर्सा वीरगञ्ज घर भएका एक बरामीलाई आइसोलेसनमा राखेका छौं ।’
डा.अधिकारीले उनको नमुना काठमाडौं पठाइएकोले भोलि (सोमबार) सम्ममा कोरोना परीक्षणको रिपोर्ट आउने जानकारी दिए । शनिबार पनि कोरोना अस्पतालमा परीक्षण गरिएका एक जनालाई तत्कालका लागि भरतपुर अस्पतालको आइसोलेसन भर्ना गरिएको थियो । – नारायणी अनलाइनबाट साभार
प्रकाशित मिति : आइतबार, चैत्र ०९, २०७६ |
१७:४९:०७
507